हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका स्थित पुर्व–पश्चिम सडक खण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।
चितवनबाट हेटौडा तर्फ जादै गरेको ना ५ ख ५३३७ नम्बरको ट्रकले सोहि दिशाबाटै जादै गरेको प्रदेश ३–०३–००१ प २१५९ नम्बरको मोटरसाइकल ट्रकको ढालामा ठोकिदा चालक मनहरी–८ सिमपानि बस्ने ४५ वर्षिय तेज नारायण यादव गम्भिर घाइते भएका हुन् । उनको उपचारका लागि भरतपुर पठाइएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबै सवारि र ट्रक चालक प्रहरिको नियन्त्रणमा रहेका छन् ।