राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएकाे छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै टाेलीलाई विश्व कप छनाेटमा पुर्‍याउन भूमिका खेलेकाे भन्दै कप्तान पाैडेललाई याे पुरस्कारबाट सम्मान गरिएकाे हाे ।
नेपालगञ्जमा आज साेमवारदेखि सुरु भएकाे युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँकाे चेकसहित ट्रफी प्रदान गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले पार्टीको प्रमुख उद्देश्य आर्थिक विकास र समृद्धि भएको बताउनुभयाे । एमालेले तीन वर्षकाे अवधिमा विकास र समृद्धिका लागि नमुनायाेग्य काम गरेकाे दाबी गर्दै उहाँले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक अवस्था ध्वस्त बनाएको आराेप लगाउनुभयाे ।
याे महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै चैत २९ गते सम्पन्न हुनेछ । महाधिवेशनमा झन्डै दुई हजार जना प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकिल्पक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री दलबहादुर सुनारलगायत एमालेमा प्रवेश गर्नुभएको छ ।