मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबार जिल्लाको मनहरी गाउँपालिकाको अनुगमन गरेको छ । स्थानीय तहहरुको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, बालमैत्री स्थानीय तह घोषणा पछिको अवस्था, गाउँपालिकामा आइपरेका समस्या तथा चुनौति, स्थानी तह स्वमुल्याङ्कन (लिज), स्थानीय तह वित्तिय जोखिम मुल्याङकन (एफआरए) को विषयमा समेत जानकारी लिएको छ । सो क्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सिता पुलामी, प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार श्रेष्ठलगायत अन्य शाखाका कर्मचारीहरुले हालसम्मको प्रगतिको अवस्था र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो ।

अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी बासुदेव खतिवडा, सदस्यहरु बिरेन्द्र लामा, सुनिता दर्नाल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिका कर्मचारीहरुको सहभागिता थियो ।