सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज बुधवार एकै दिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ ।
यो मुल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । यसअघि गएको ५ गते सुनको मुल्य बढेर तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले मुल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलवार पनि सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ ।