मकवानपुर– देश नम्बर ३ को राजधानी हेटौंडामा विपद् व्यावस्थापन नीति तथा रणनीतिक कार्ययोजना वनाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा हेटौंडामा आयोजित कार्यक्रममा यस्तो तयारी गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति तथा योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधैंको समस्या भएको छ”, उहाँले भन्नुभयोे ।

ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उहाँको धारणा छ । मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन भन्दै त्यसको व्यवस्थापन गर्नका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालकराम जमकट्टेलले नेपालमा धेरै खालका विपद् भएकाले यसको न्यूनिकरण गर्न लागनुपर्ने वताउनुभएको छ । विपद् न्युनिकरणका लागि आफुहरु लागिपरेको वताउनुभयो । विपद् न्यूनिकरणका लागि नीति र आवस्यक रहेको मन्त्री जमकट्टेलले वताउनुभयो । विपद्का निम्ती तीनै तहका सरकारले काम गर्ने वताउँदै उहाँले भन्नुभयो–यसका निम्ती नीति र कार्ययोजना वनाउनु आवस्यक छ ।’

विपद्को पूर्व तयारीमा लाग्नु आवस्यक रहेको वताउनुभयो । विपद् भइसकेपछी भन्दा पनि त्यस भन्दा अगाढी काम गर्नु आवस्यक रहेको उहाँले वताउनुभयो । ठोस योजना भएमा मात्र काम गर्न सकिने उहाँले वताउनुभयो । कार्यक्रममा प्रदेश सांसदहरु रामेश्वर फूयाल, मुनु सिग्देल, ओम घलान, प्रेमहादुर पुलामी, जुनेली श्रेष्ठ, प्रदेशका विपद्को क्षेत्रमा कार्यरत नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।