नेपाली काँग्रेस मकवानपुरले नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले आज सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गर्नु भएको हो ।
‘नेपाली काँग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ,’ लामाले सभापति देउवालाई पठाएको पत्रमा भनिएको छ । नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख छ ।

No description available.