हेटौडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित संवेदनशील टोल विकास सस्थांको अध्यक्षमा पुनः नबराज कोइराला निर्वाचित हुनु भएको छ । शनिबार आयोजित दशौं साधारणसभाबाट पुनः नबराज कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
साधारण सभाबाट उपाध्यक्षमा इन्दिरा मिश्र अधिकार, सचिवमा लक्ष्मी वन, सह सचिवमा शुसिला खतिवडा, कोषाअध्यक्षमा किशोर अर्याल लगाएत सदस्यहरू चयन हुनु भएको छ ।
संवेदनशील टोल विकास सस्थांको अध्यक्ष कोइरालाको अध्यक्षता एवम् ९ नम्बर वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले समुदायको विकासमा टोल विकासको भुमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले टोल विकास वडा विकासको मेरूदण्ड भएकोले आफु सदैव टोल विकासको साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा हेउमपाका सामाजिक विकास शाखा प्रमुख भैरव कुमाल, ९ नम्ब्र वडा सदस्य कमला पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने र गगां पौडेल, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्ट, टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिका अध्यक्ष रमिला सापकोटा, भुगोल ईन्चार्ज यदुवंश खतिवडा, सन्तोषी टोविसका अध्यक्ष कुमार पौडेल लगाएतको उपस्थिति रहेको थियो । साधारण सभामा संस्थाको अध्यक्ष नबराज कोइरालाद्धारा प्रस्तुत अध्यक्षको प्रगति प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्व सम्मत पारित गरिएको थियो ।