हेटौंडा । हेटौंडा १० टिसिएसन चौरमाजारी १० औं राष्ट्रिय औद्योगिकव्यापार महोत्सवमाभएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज विहीबार दीपा स्याङ्तान बाहिरेकी छिन् । बुधबार ९ जना बीच भएको गायन प्रतिस्पर्धामा विहीबार स्याङ्तान आइडलबाट बाहिरेकी हुन् । निर्णायकको मुल्याकंन, एसएमएस भोटिङ र टिकट अर्धकट्टीबाट गरिएको भोटिङको आधारमा स्याङ्तान आइडलबाट बाहिरेकी हुन् ।
स्याङ्तान बाहिरेसँगै विहीबार ८ जनाले आफ्नो प्रस्तुती दिएका छन् । जसमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२), आवाज सुनार(३), सुस्मिता श्रेष्ठ(४), दीपेश श्रेष्ठ(५), राजेश दर्नाल(७), सुसन शाही ठकुरी(८), विजय लामा(९) रहेको आइडलका मुख्य निर्णायक विजय कार्कीले बताए ।
गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिले जनाएको छ । भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ माएसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने मुख्य निर्णायक कार्कीले बताए । टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजेसम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली शुक्रबार विहान ११ बजेसम्म भोटिङ गर्न सकिने आयोजकले जनाएको छ ।











