सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य तोलाकाे एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो  एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि मुल्य बढेको हो । यस्तै आज चाँदीको पनि मुल्य बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।