मकवानपुर – बागमती प्रदेश सभाको सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । सोमबार बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरेको हो ।
सर्वदलीय बैठकले निर्वाचनको प्रक्रिया पुस २७ गतेदेखि नै सुरुवात गर्ने निर्णय गरेको छ । पुस २७ गते उम्मेदवारी दर्ताको मिति तय गरेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन पुस २८ गते तथा उपसभामुखको निर्वाचन पुस २९ गते गर्ने निर्णय गरेको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको पहिलो बैठक सोमबार बसेकाे छ ।











