हेटौंडा । आन्दोलनरत जेन जीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन् । नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।
आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।
प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन् । रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।









