हेटौँडा। मकवानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले सोहि दिशातर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाईकललाई धरानचतरा सडकखण्ड अन्तर्गतको बकैया-५ तीनतलेमा ठक्कर दिंदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालक हेटौँडा-१८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सबार ३५ वर्षीय हिरामाया लोप्चन तथा ट्रकमा सबार २०-२५ वर्षका नाम नखुलेका पुरुष गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे । ट्रक चालक निजगढ-९ का सुर्य बहादुर घिमिरे पनि घाइते रहेको र सबै घाईतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयाे ।