मकवानपुर – बामगती प्रदेश सभाका जेष्ठ सदस्य रामप्रसाद ढुगांनाले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । बुधबार (आज) बागमती प्रदेश सभाका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ७२ वर्षीय ढुङ्गानालाई सपथ ग्रहण गराउनु भएको हो ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८२ को उपधारा (५) बमोजिम ज्येष्ठ सदस्य ढुङ्गानालाई प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन,२०७५ को दफा २४ को उपदफा (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । सपथ लिनुभएका ढुङ्गानाले बिहीबर (भोली) प्रदेश सभाका बाँकी १०९ सांसदहरुलाई सपथ ग्रहण गराउनु हुनेछ । जेष्ठ सदस्य ढुङ्गना नुवाकोट २(१) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । ढुङ्गानाले प्रदेश सभाका सभामुख र उपसभामुख चयन नभएसम्म प्रदेश सभा बैठकको अध्यक्षता गर्नुहुनेछ । सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र मन्त्रीहरुको उपस्थिति रहेको थियो ।












