मकवानपुर – नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ६ र १६ को मतगणना भइरहँदा कमल थापा गठबन्धकी डीनाभन्दा १०९१ मतले मात्र पछाडि रहनुभएको छ । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । राप्रपाका दीपकबहादुर सिंह २५ सय मतले पछाडि रहनुभएको छ ।
अब वडा नम्बर ५, १०, १२ र ९ नम्बरको मत गणना हुन बाँकी रहेको छ । पछिल्लो समय हलाेको अप्रत्यासित मत आइरहेकाले कमल थापा निरास हुनुभएकाे हाे भने गठबन्धन पनि हतोत्साहित मनस्थितिमा पुगेको देखिन्छ । वडा नम्बर १२ र ९ मा पनि हलाेमा अत्यिध मत खसेकाे अनुमान गरिएकाे छ । यसैगरी मत गणना हुन बाँकी रहेकाे ५ मा पनि सबै दलकाे बराबरी जस्तै र १० मा भने सूर्यकाे मत आउन सक्ने अनुमान गरिएकाे छ ।
थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् । उनले लेखेका छन्, ‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’