फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् । आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन् ।
आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल्दैछन्। समूह ‘बी’ कै अर्को खेलमा अमेरिका र वेल्सबीच राति पौने एक बजे खेल हुनेछ ।
त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच राति पौने १० बजे खेल हुनेछ । कतारमा हिजोदेखि विश्व कप सुरु भएको हो । यसमा ३२ देश सहभागी छन् । उद्घाटन खेलमा आयोजक कतारलाई २–० गोलले हराएर इक्वेडरले विजयी सुरुआत गरेको छ । कतार विश्व कप आयोजकका रुपमा उद्घाटन खेल हार्ने पहिलो देश समेत बनेको छ ।