हेटौंडा- आज भइरहेको प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा मात्र ३ हजार २ सय सुरक्षार्की परिचालन गरिएको छ । चुनावका लागि जनपथ प्रहरी, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्यक मतदान केन्द्रमा खटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वताउनुभयो ।
मकवानपुरका एक सय ६७ वटा मतदान स्थललाई केन्द्रीत गरेर सुरक्षाकर्मी परिचालन गरिएको उहाँले वताउनुभयो । चुनावका लागि पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा ससस्त्र प्रहरी र मतदान स्थलवरपर गरेर तेस्रो घेरामा नेपाली सेना खटाएको छ । सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाइएको छ । चुनावलाई स्वस्च, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ठुलो सख्यामा सुरक्षा कर्मी परिचालन गरिएको हो । सुरक्षाकर्मीकै निगरानीमा हरेक मतदान केन्द्रमा काम गरिएको छ । बिशेषगरी मतदान केन्द्र, मतपेटिका, मतपत्रको सुरक्षामा प्रहरी परिचालन गरिएको छ ।सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गरिरहेका छन् ।
Home निर्वाचन विशेष मकवानपुरमा चुनावका लागि ३२ सय सुरक्षाकर्मी परिचालन, यसरी हुँदैछ मतदान केन्द्रमा सुरक्षा