प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । काठमाण्डौको कीर्तिपुर मैदानमा फाइनल पुग्न विभागीय टोली एपीएफ क्लब र मधेस प्रदेशबीच खेल हुँदैछ । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । एपीएफ समूह ‘ए’ को विजेता तथा मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । दोस्रो सेमिफाइनलमा भोलि पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् ।