काठमाडौं– नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पदक तालिका अनुसार भारतको अग्रता कायमै छ ।

आठौं दिनको खेल सकिँदासम्म भारतले एक सय ४५ स्वर्ण जितेको छ । ७१ रजत र ४१ कास्य गरि कुल २ सय ५२ पदक जितेको भारत तालिकामा शिर्ष स्थानमा रहेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७६ कास्य सहित एक सय ६५ पदक जितेर दोस्रो स्थानमा छ । श्रीलंका ३६ स्वर्ण, ६८ रजत र ९३ कास्य गरि १ सय ९७ पदक जितेर तेस्रो स्थानमा छ ।