छठ पर्वको अवसरमा मधेस प्रदेश सरकारले सोमबार भोलि पनि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
संघीय सरकारले छठको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाट’को दिन मात्रै सार्वजनिक बिदा दिने गरेको छ । तर, सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठ पर्व समापन हुन्छ । मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तिमा सामाजिक एकताको पर्वको रुपमा रहेको छठ महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।