काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनको खर्च सिमा तोकेको छ । निर्वाचन अधिक खर्चिलो बन्दै गएको गुनासो आएपछि निर्वाचन आयोगले यस पटक निर्वाचनका लागि दल तथा उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको हो ।
आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक फरक खर्च सीमा निर्धारण गरिएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गर्न पाउने खर्चको पनि फरक फरक सीमा तोकेको छ । हेर्नुहोस, प्रदेश सभातर्फ कुन निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम कतिसम्म खर्च गर्न पाउँछन् ?











