मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना मन्त्रीलाई आज पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गर्नुभएपछि त्यसको प्रतिक्रिया स्वरूप मुख्यमन्त्री राउतले पनि आज काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको हो ।
पदमुक्त हुनुभएका मन्त्रीहरूमा रामसरोज यादव, ओमप्रकाश शर्मा र बिरेन्द्रप्रसाद सिंह हुनुहुन्छ । मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पदमुक्त हुनुभएका मन्त्रीहरूले सम्हाल्नुभएका मन्त्रालयहरू मुख्यमन्त्री राउतले सम्हाल्ने गरी तोक्नुभएको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू र मधेश प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको हो ।