सांकेतिक तस्वीर

मकवानपुर – मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारीअनुसार कैलाश गाउँपालिका–३ स्थित कालिकाखोलाले बगाउँदा ६५ बर्षीय दल बहादुर चेपाङको मृत्यु भएको हो । कैलाश गाउँपालिका–७ कालिका बजारबाट घर फर्कने क्रममा कैलाश गाउँपालिका–३, कालिकाखोलाले बगाएर दलबहादुर मृत फेला परेको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
त्यस्तै मकवानपुरको राक्सीराङ गाउँपालिका–६ मागेनीमा पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर स्थानीय ४७ वर्षीय तोक बहादुर चेपाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार लगातार परेको बर्षासँगै आएको पहिरोले घर बगाउँदा प्रजाको मृत्यु भएको हो । बर्षाका कारण सडकअवरुद्ध भएको घटनास्थालमा पुग्न नसकिएको र उद्धारमा समस्या भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।