मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना लामाको लामाको जित पक्का भएपनि आधिकारिक घोषणा नहुदै मेयरका अर्का प्रत्यासी अनन्त प्रसाद पौडेलले बधाईसहित सुन्दर हेटौंडा बनाउन शुभकामना दिनु भएको छ । हेटौंडा उपमहानगरपालिकाले पहिलो महिला मेयरको रूपमा मिना लामा निर्वाचित हुने पक्का भएपछि प्रत्यासि एमालेका उम्मेदवार पौडेलले मतगणना स्थलमै पुगेर बधाई तथा शुभकामना दिनु भएको हो ।
हेटौंडा उपमहानगरपालिकामा मेयरको नतिजा आधिकारिक रूपमा सार्वजनिक नहुंदै प्रत्यासी पौडेलले शुक्रबार मतगणना स्थल पुगेर उहाँले भन्नुभयो “लोकतान्त्रमा हारजित हुन्छ, तपाईं आउनु र म आउनुमा फरक छैन, बधाई छ, सुन्दर हेटौंडा बनाउनु होस् शुभकामना ।” यस्तै हेटौंडा उपमहानगरपालिकामा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले पनि उपमेयरलाई बधाई दिनुभयो । एमालेबाट मेयरका उम्मेदवार पौडेल र उपमेयरको उम्मेदवार काफ्लेले लामा र बानियाँ दुबैलाई बधाई तथा शुभकामना दिनुभयो । सो अवसरमा लामा र बानियाँ दुबैले आफूहरूले जित्दा पनि पौडेलको अभिभावकत्व आवश्यक रहने भन्दै सौहार्दता प्रकट गर्नुभयो । “तपाईं हाम्रो अभिभावक हो, हारजित आफ्नो ठाउँमा छ, सधै साथ चाहन्छौ” लामाले भन्नुभयो ।
संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा लामाले सत्ताधारी गठबन्धनको तर्फबाट हेटौंडाको मेयर जित्ने पक्का भएको छ । हेटौंडाको–४ वटा वडाको अन्तिम परिणाम आउन बाँकी हुंदा लामा र बानियाँले दुबैले जित्ने पक्कै भएपछि गठबन्धन विजयी जुलुशको तयारीमा छ । बागमति प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर प्रमुख महिला बन्दै गर्दा लामाले महिला शक्तिमाथिको बिश्वासललाई व्यवहारमा देखाउने बताउनु भएको छ । “जितबाट हौसिएर हैन, संयमित भएर नगरवासीको हितमा काम गर्नेछु” उहाँले भन्नुभयो । लामो समय एमालेको लालकिल्ला रहेको हेटौंडा उपमहानगरपालिका सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवार रहनु भएकी लामालाई जित हासिल गर्न कठिन हरेको आकंलन गरिन्थो । तर मतगणना अन्तिम चरणमा आइपुग्दासम्म उहाँको जित निश्चित भएको छ ।