प्रतिनिधिसभाको सिट बाँडफाँटबारे फेरि छलफल थालेका सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् । लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आबद्ध दलहरू समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरूले मंगलबार बिहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।बैठकमा सहभागी एक नेताका अनुसार द्विपक्षीय रूपमा छलफल भइरहेको र भोलिसम्म सहमति गर्ने तयारी छ ।