प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरूले विरोध गरेपछि उक्त व्यवस्था संशोधन गर्न निर्वाचन आयोग सकारात्मक बनेको छ । बुधबार निर्वाचन आयोग र १२ राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलमा त्यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सकारात्मक भएका हुन् ।
आयोगले प्रधानमन्त्री,मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरू अर्को निर्वाचन क्षेत्रमा चुनाव प्रचार–प्रसार गर्न नपाउनेगरी आचारसंहिता प्रकाशन गरेको थियो । त्यसमा दलहरूले अधिकार हनन भएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने बताउँदै आएका थिए । बुधबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूको चासोलाई सकारात्मक रूपमा लिँदै सल्लाह गरेर मिलाउने आश्वासन दिएका हुन् ।