पाकिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी आर्थिक पुन:उत्थानले निरन्तरता पाएको जनाएको छ । देशमा बालीको उत्पादन ठूलो परिमाणमा वृद्धि भएको, कर संकलनमा वृद्धि र निर्यात उत्साहजनक भएको केन्द्रीय बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि विश्व्यापी मूल्यवृद्धि, बढ्दो मुद्रास्फीति र चालू घाटाले पाकिस्तानी अर्थतन्त्रलाई चुनौती खडा गरेको प्रतिवेदनमा उल्लेख रहेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । कोभिड–१९ को सुधारिएको अवस्था र सशक्त खोप अभियानले ठूलो मात्रामा निर्वाध आर्थिक गतिविधिका लागि मार्ग प्रशस्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
केही क्षेत्रहरूमा कर कटौती, संघीय र प्रान्तीय विकास खर्चमा विस्तार, उच्च गैर–ब्याज चालू खर्चसहित वित्तीय उपायहरूले पाकिस्तानको आर्थिक वृद्धिलाई सहयोग पुर्याएको छ । यस अवधिमा निजी क्षेत्रको कर्जा वार्षिक रूपमा झण्डै चार गुणाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।