हेटाैंडा – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहालले गठबन्धनको सरकारको कारण आर्थिक रूपमा मुलुक जर्जर भएको र राष्ट्रमा नै अनिष्ट हुने अबस्था रहेको बताउनु भयो । नेकपा एमाले बकैया गाउँपालिका कमिटीद्वारा आयोजित पार्टी सुदृढीकरण र शुद्विकरण अभियानको क्रममा पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अर्थ समितिको सभापती समेत रहेका दाहालले मुलुकमा आर्थिक मन्दी तिब्र रूपमा बढिरहेको बताउँदै केही मान्छेको हित अनुकुल करको दर समेत गठबन्धन सरकारले हेरफेर गर्नु मुलुकको दुर्भाग्य रहेको दावि गर्नुभयो ।

No description available.

राजनीतिक अस्थिरताको मूलकारण प्रचण्डको ढुलमुले प्रवृत्ति भएको र राजनीति स्थिरताको लागि एउटा पार्टीको बहुमत हुनुपर्ने भन्दै गठबन्धनमा स्थिरता नहुने हुँदा आगामी निर्वाचनमा एमालेको बहुमत नहुनुको विकल्प नभएको बताउनु भयो । दाहालले भन्नुभयो, “विकास र समृद्विको पर्याय एमाले भएकोले दलीय व्यवस्थामा दलको विकल्प दल भएको र त्यो दल एमाले नै हो ।”
कार्यक्रममा प्रदेश कमिटी सदस्य पद्मा पौडेलले पार्टी र जनसंगठनबीच अन्तरसम्बन्ध रहेको बताउनुभयो । प्रदेश कमिटी सदस्य नारायण सापकोटाले स्थानीय निर्वाचनको परिणाम, सन्देश र आगामी निर्वाचनको तयारीका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला सचिव नवीन सिग्देलले बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी संगठन निर्माण र परिचालनबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य डिल्लि प्रसाद दाहाल, जिल्ला सचिवालय सदस्यहरू कृष्णप्रसाद चौलागाई, दलबहादुर वाईवा,जिल्ला सदस्यहरू बेलप्रसाद दाहाल, सरला बोलखे, निरमाया भोम्जन, जिल्ला कमिटी सदस्य तथा ४ नम्बर वडा निर्वाचित अध्यक्ष राजन दंगाल पालिका उपाध्यक्ष सुस्मिता घोरसाईनीको उपस्थितिमा भएको कार्यक्रम पालिका कमिटीका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा भएको हो । प्रशिक्षणमा पालिका कमिटी सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, जनसंगठन पालिका कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू गरि १ सय २५ जनाको सहभागिता भएको पालिका सचिव फुलबहादुर भम्जनले बताउनु भयो ।