जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि रसुवाको गोसाइँकुण्डमा भक्तजनको भिड लागेको छ । १० हजारभन्दा धेरै भक्तजन गोसाइँकुण्ड पुगिसकेका रसुवाका प्रमुख जिल्ला अधिकारी एवम् गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीले जानकारी दिनुभयो । समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको तीर्थस्थलमा पुग्ने यात्रुलाई लेक लाग्ने समस्या रहेकाले ठाउँठाउँमा  उपचारको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभयो ।