मकवानपुर – मकवानपुरको मकवानपुरगढीका हटाईएका करारमा कार्यरत कर्मचारीहरु अदालत जाने भएका छन् । करारका कर्मचारीहरु कार्यसम्पादन र मुल्याङ्कन नै नगरि राजनैतिक प्रतिशोधका कारण आफुहरुलाई हटाईएको भन्दै अदातल जाने भएका हुन् ।
गाउँपालिकाले करारका सम्पूर्ण कर्मचारीको २०७९ श्रावण १ गतेबाट लागु हुने गरि सेवा करार म्याद थप नहुने भन्दै सुचना प्रकाशन गरेर हटाएको थियो । साथै कार्यलयले श्रावण १५ गते भित्र सेवा करार अवधि सकिएका कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा सिफारिस गर्ने गरि ५ सदस्य समिति गठन गरेकोमा समितिलाई दिईएको म्याद सकिनु अगावै कर्मचारी पदपूर्तीका लागि सुचना प्रकाशन गरेको छ । उक्त सूचना प्रकाशन भएपछि करारका कर्मचारीहरु आफुहरुलाई झुक्याएर राजनैतिक प्रतिशोधका कारण हटाएको भन्दै अदातल जाने भएका हुन् । “हामीलाई कार्य सम्पादन र मुल्याङ्कन नै नगरि हटाईयो, साथै आवश्यकताका आधारमा १५ दिन भित्र बोलाउने भनेर सुचना टास गरेर ४ दिन अगावै एकासि पत्रिकामा भ्याकेन्सि आउट गरियो, हामी न्याय खोज्छौं ।” एक पूर्व करारका कर्मचरीले भन्नुभयो । हामीले सम्पूर्ण तयारी गरिसकेका छौं भोली अदालत जने तयारी छ, –उनले भने ।” यस अघि मकवानपुरकै बागमती गाउँपालिकाका हटाईएका करारका कर्मचारीले दायर गरेको मुद्धामा उच्च अदालत हेटौंडाले गाउँपालिकालाई छलफलमा बोलाएको छ ।