मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली महिला भलीबल टोलीलाई बधाई दिनुभएको छ । दक्षिण एसियाली खेलकुद सागमा शनिबार भएको खेलमा बिजयी नेपाली महिला भलिबल टोलीलाई मुख्यमन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिनुका साथै फाइनल खेलको लागि शुभकामना समेत व्यक्त गर्नुभएको हो ।
शनिबार भएको खेलमा नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन(शून्यको सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई पराजित गर्दै पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर्ण वा रजत जित्ने पक्का भएको छ ।
नेपालले यसअघि सागमा तीन पटक कास्य जितेको थियो । जसमा १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो । अब उपाधिका लागि नेपाली महिला टिमले भारतसँग खेल्नेछ । यसअघि नेपाल भारतसँग पराजित हुँदा समूह उपविजेता बनेको थियो ।

हार्दिक बधाई नेपाली महिला भलिबल टोलीलाई । फाइनल खेलको लागि शुभकामना l

Gepostet von Dormani Paudel am Samstag, 30. November 2019