सत्तारूढ गठबन्धन दलहरूको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिनुभएको छ । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र(एकीकृत समाजवादी) का समर्थकमा सांसद लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन । दुई वर्षअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएपछि सो पद रिक्त रहँदै आएको छ ।