मकवानपुर – हेटौंडामा मंगलबार विभिन्न कार्यक्रम आयोजना गरेर आठौं अन्तराष्ट्रिय योग दिवश मनाईएको छ । पतञ्जली योग समिति मकवानपुरको आयोजनामा मंगलबार प्रोटोकल योग अभ्यास कार्यक्रम गरेर दिवश मनाईएको हो ।

पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा विभिन्न योग अध्यास सहित कार्यक्रम मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि पुलामीले मानव जीवनका लागि योग अति नै आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य र राष्ट्रका लागि योगको महत्व निकै रहेको भन्दै यसलाई घरघरमा पु¥याउन जरुरी रहेको बताउनुभयो ।

“मानवताका लागि योग” भन्ने मुख्य नाराका मनाईएको दिवशका अवसरमा पतञ्जलि योग समिति बागमती प्रदेशका प्रमुख ग्रोविन तौजलेले प्रोटोकल योग अभ्यास गराउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देललगायतको सहभागिता थियो । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

May be an image of 5 people and people standing