आज यस वर्षकै विशेष दिन पर्न गएको छ । आज जून २१ तारिख अर्थात वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको आसपासका हुने जानकारी दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ५ बजेर ९ मिनेट जाँदा सुर्योदय भएको छ भने साँझ ७ बजेर ३ मिनेटमा सूर्यास्त हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । यो वर्ष आजको दिन लामो हुने भएको हो । अर्को महत्वपुर्ण कुरा भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ ।यस्तै, नेपालमा अहिले गर्मी चर्को हुँदै गएपनि आजदेखि औपचारिक रुपमा गर्मी सुरु भएको मानिदै आएको छ ।