मकवानपुर – हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप अन्तरगत आज (सोमबार) भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाईनल प्रवेश गरेको छ । हेटौंडा–५, स्थित पिप्ले रंगशालामा भएको निकै नै रोमाञ्चक खेलमा सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबलाई ट्राईब्रेकरमा पराजित गर्दै आर्मीले सेमिफाईनल यात्रा तय गरेको हो । टाइब्रेकरमा आर्मीले एपीएफलाई ५–४ गोल अन्तरले पराजित गरेकाे हाे ।
खेलको पहिलो हाफमा एपीएफका कप्तान टोपबहादुर विष्टको ह्यान्डबलमा आर्मीले पेनाल्टी पाएको थियो । तर आर्मीका विवेक बस्नेतको प्रहारलाई एपीएफका गोलकिपर राजु नगरकोटीले बचाए र पहिलो हाफ गोल रहित बराबरीमा सकियो । दोस्रो हाफमा एपीएफले सुधारिएको प्रदर्शन देखाए पनि दोस्रो पटक पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका दिनेश हेन्जनले टीमलाई एक–शुन्यको अग्रता दिलाए । तर, अतिरिक्त समयको पाँचौं मिनेटमा एपीएफका सुदीप शिखरकारले गोल गर्दै खेललाई ट्राईब्रेकरमा पु¥याए ।
ट्राईब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेञ्जन गाल गर्न सफल भए । भने, एपीएफका लागि नवीन लामा, सुदीप शिखरकार, सनिश श्रेष्ठ र रवि थिङले गाल गर्दा मणि लामाको प्रहारलाई आर्मीका गोलकिपर विकेश कुथुले बचाउन सफल भए । खेलको म्यान अफ दी म्याच पनि गोलकिपर विकेश कुथु घोषित हुँदै नगद दश हजार प्राप्त गरे । आर्मीले अब चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तरगत भोलि मनाङ मस्र्याङ्दी क्लबले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई २५/२५ हजार नगद र ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।