मकवानपुर – मकवानपुरमा आगामी जेठ १९ गते देखि हुने स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक जिल्ला फुटबल संघ मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ देखि ३० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहने संघका सल्लाहकार एम्ं प्रतियोगिताका संयोजक प्रताप विष्टले जानकारी दिनुभयो । प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक विष्टले जानकारी दिनुभयाे । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो । प्रतियोगिता हेर्नको लागि पहिलो चरणको खेलमा एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा २५० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

No description available.