file photo

पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज आधाघण्टादेखि सम्पर्कविहीन भएको छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको र थप खबर आउन बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बिहान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । थप विवरण आउन बाँकी छ।