काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’को मत ६० हजार नजिक पुगेको छ । पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाउनु भएको छ । यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाउनु भएको छ । एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत ल्याउनु भएको छ ।
यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाउनु भएको छ । उहाँले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गर्नु भएको छ । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ३१ मत पाउनु भएको छ । मेयरमा बालेन र उपमेयरमा सुनिताले मतगणना गर्न बाँकी मत सङ्ख्या भन्दा धेरैकाे अग्रता लिइरहेकाले दुवैकाे जित सुनिश्चित छ ।