इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई हराएको छ । आज बिहान भएको खेलमा सिटीले उल्भ्सलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो। सिटीका केभिड डी ब्रुइनले ४ गोल गरे । रहिम स्टर्लिङले एक गोल थपे । उल्भ्सका लेन्डर डेनडोकरले एक गोल फर्काए । जितसँगै शीर्ष स्थानको सिटीको ३६ खेलमा ८९ अङ्क भएको छ। दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ८६ अङ्क छ । सिटीले ३ अङ्कको अग्रता बनाएको छ । अर्को खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–० गोलले हराएको छ । तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलमा ७० अङ्क छ । त्यस्तै लेस्टर सिटीसँग नर्विच सिटी ३–० गोलले पराजित भएको छ । वाटफाेर्ड र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।