मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले नवनियुक्त सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई स्वागत गरेको छ । कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालसहित जिसस परिवारले राज्यमन्त्री श्रेष्ठलाई स्वागत गरेको हो ।

No description available.

प्रमुख खुलाल, समन्वय अधिकारी आनन्दराज पाेखरेललगायत कार्यालय परिवारले राज्य मन्त्री श्रेष्ठलाई खादा लगाएर सफल कार्याकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिसस प्रमुख खुलालले राज्यमन्त्री श्रेष्ठसंग मकवानपुरका स्थानीय तहहरु मिलेर सञ्चालन गर्न लागिएको सरुवा रोग अस्पतालका बारेमा समेत छलफल गर्नुभएको थियो । प्रमुख खुलालले मकवानपुरका स्थानीय तहहरु मिलेर संचालनको तयारी गरेको सरुवा रोग अस्पताल संचालनमा सहयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा राज्यमन्त्री श्रेष्ठले आफुले सरुवा रोग अस्पताल संचालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No description available.

स्वागत कार्याक्रममा जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, स्वकीय सचिव आशाकाजी श्रेष्ठलगायतको उपस्थिती थियो । त्यस्तै राज्यमन्त्री श्रेष्ठलाई राष्ट्रिय युवा संघका सदस्यहरुलगायत अन्य व्यक्तिहरुले पनि कार्य सफलताको शुभकामना सहित स्वागत गर्नुभएको थियो ।

No description available.
No description available.