हेटौंडा – मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मकवानपुरको बागमती गाउँपालिकामा बुध सुरक्षाको लागि वाइसिएल खटाइए कारवाही हुने बताउनुभयो । मतदान प्रणालीलाई निष्पक्ष र भय रहित बनाउनको लागि नेपाल सरकारले नै सुरक्षाकर्मी खटाएर पाठाएको बताउँदै उहाले भन्नुभयो -“त्यसरी जो बस्न मन लाग्यो त्यसले सुरक्षा गर्न पाउने भए किन राज्यको अर्वौं खर्च गर्नुपथ्र्यो र ? कि सरकार सँग मान्यता प्राप्त हुन पर्यो, नभए मकवानपुरमा त के अन्त पनि यस्तो व्यवस्था लागू हुँदैन । यदी अटेरी गरेमा कारवाही हुन्छ ।”
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र निकट युवाहरुको संगठन वाईसिएल मकवानपुरले आसन्न स्थानिय चुनाव भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाका बुथहरुमा वाइसिएल खटाउने निर्णय गरेको थियो । वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीको अनुसार निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनको लागि स्वयंसेवकको रुपमा वाइसिएललाई खटाउने बताएका थिए ।जिल्लामा १ बुथ २५ युथ भन्ने नारासहित वाइसिएलले सुरक्षमा खट्न लागेको जनाउदै संयोजक ठकुरीले संबेदनशिल स्थानहरुमा भने ५० देखी ६० जना खटाइने बताएका थिए ।