कैलाश – यहि आउदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले कैलाश गाउपालिकाकाले घरदैलो कार्यक्रमलाई व्यापक तिव्रता दिएको छ । कैलाश गाउँपालिका वडा नम्बर ६ मा गाउँपालिकाको उम्मेदवार नरेन्द्र लाल रिजाल, उपाध्य पदका उम्मेद्बार सुकुमाया थिङ, वडा अध्यक्ष, सदस्य सहितको घरदैलो अभियानमा लागेको हुन् ।
घरदैलो अभियानलाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्षको उम्मेदवार नरेन्द्र लाल रिजालले मतदाता उत्साह देखेर चुनाव जितिसकेको बताउनु भयो । कैलाश गाउँपालिका भौगोलिक बनावटले एकदमै दुर्गम पालिका भएको भन्दै रिजालले मतदातामा देखिएको उत्साहले चुनाव जितेको भान भएको बताउनु भयो । उहाँले भन्नू भयो,‘मलाई सवै बर्ग, समुह, जातजाती, धर्मावलम्बीको साथ, सहयोग र समर्थन मिलेको छ, यसले म चुनाव जित्नेमा १०० प्रतिशत ढुक्क छु ।” मतदाताहरुले यस भेगमा बिकास र निकास दिन आग्रह गरेको भन्दै रिजालले एमालेले मात्रै यसको भेगको मुहार फेर्न र बिकास र निकास दिन सक्ने बताउनु भयो । उहाँले एमाले बाहेक अन्य पार्टीले बिकास भन्दा पनि गफ गर्न मात्रै हो अब गफलाई सुन्न र काम गर्नेलाई चुन्न आग्रह गर्नु भयो । रिजालले जहाँ एउटा वडावाट अर्को वडा पुग्न निकै कठिन हुन्छ जितेको खण्डमा सडकलाई स्तरीकरण गर्दै सहज बनाउने उद्घोष गर्नु भयो । उहाँले आर्थिक अबस्था रहेको हरेक जनताको स्वास्थ बिमा समेत निशुल्क गर्ने बताउनु भयो ।
यस्तै चुनाव नजिकै आउँदा हामि पुग्न नसकेका ठाउँका मतदाताले एकछिन भएपनि आइदिनु पर्यो भनेर बोलाउने गरेको कैलाश गाउँपालिमका उपाध्यक्ष पदका उम्मेदवार सुकुमाया थिङले बाताउनु भयो । उहाँले ५ बर्षमा हामिले बिकास जग हाल्यौ,अब घर बनाउन लाग्छौ, एक पटक हजुरहरुको सहयोग,सद्भाव र अमुल्य मत दिन आग्रहछु, उहाँले भन्नुभयो । यस्तै नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य तथा कैलाश गाउँपालिका इन्चार्ज बच्चुराम ढुंगानाले समय थोरै भए पनि सवै ठाउँका मतदातामाझ अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्वारहरुलाई लिएर पुग्ने प्रयास गरेको बताउनु भयो । ‘सवै मतदातामाझ पुग्ने हाम्रो चाहना छ, तर समय छोटो भएकोले कहिँकतै पुग्न नसकिएको होला । सके सम्म पुग्ने प्रयास गरिरहेको छौँ । गाउँपालिकाका उम्मेद्बारहरुललाई भेट्न मतदाताहरु आत्तुर देखिएका छन् । मतदाता भेट्न नपाउँदा उहाँहरुलाई कता कता नमजा लागिरहेको बताएका छ्न । मतदातालाई भेट्नकै लागि बिहान ५ बजे देखि उठेर इन्चार्जको नेतृत्वमा हिडिरहेको रिजालले बताउनु भयो । अध्यक्ष पदका उम्मेद्बार रिजाल , उपाध्यक्ष पदकी उम्मेद्बार थिङ लगायत वडाका अध्यक्ष र सदस्य पदका उम्मेद्बारहरुले स्थानीयका समस्या तथा गुनासो सुनेका थिए । साथै आफुहरु निर्वाचित भएर गएपछि जनताका समस्याहरु हल गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।