इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको आजको पहिलो खेलमा गुजरात टाइटन्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई हराएको छ । मम्बईमा भएको खेलमा टाइटन्सले ६ विकेटले हरायो ।
बेङ्ग्लाेरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले चार विकेट गुमाएर तीन बल बाँकी छँदै भेट्टायो । उसका लागि राहुल तेवातियाले नटआउट ४३ र डेभिड मिलरले नटआउट ३९ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरका लागि विराट कोहलीले ५८ र रजत पातिदरले ५२ रन बनाए । जितसँगै गुजरात नौ खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ । १० खेलमा १० अङ्क जोडेको बेङ्ग्लाेर पाँचौँ स्थानमा छ ।