मकवानपुर – नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरको अध्यक्षमा पुनः सविन मोक्तान चयन हुनु भएको छ । शनिबार हेटौंडामा भएको तेस्रो अबिधेशनबाट मुक्तानको अध्यक्षतामा ३१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यस्तै कमिटि उपाध्यक्षमा बिक्रम लामिछाने र रुपा ढुंगाना, सचिवमा संगीत श्रेष्ठ, सह—सचिव रोशन ठकुरी र आशिष थापा मगर र कोषाध्यक्ष केदार थिङ चयन हुनुभएको छ ।

May be an image of 7 people, people standing and indoor

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य अनन्त पौडेल, बलराम बल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, खेलकुद महासंघ स्थायी कमिटी सदस्य धरम बहादुर लामा, सचिबालय सदस्य दिपक न्यौपाने लगायतको आथित्यता रहेको थियो ।