बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाहको चर्चा अहिले चलिरहेको छ । टाइम्स अफ इन्डियाले रणवीर र आलियाले यही अप्रिल १७ मा विवाह गर्न लागेको रिपोर्ट प्रकाशित गरेको छ ।
टाइम्स अफ इण्डियाले आलियाका हजुरबुबाको अवस्था खराब रहेकाले विवाह जतिसक्दो चाँडो गर्न लागिएको समेत उल्लेख गरेको छ । उनका हजुरबुबाले पनि आफ्नी नातिनीको विवाह हेर्ने इच्छा राखेकाले पनि विवाह छिटो गर्न लागेको समाचारमा उल्लेख छ ।रणवीर र आलियाले रणवीर कपुरका हजुरबुबा–आमा, राज कपुर र कृष्णराज कपुरको साथमा चेम्बुरको आरके हाउसमा विवाह गर्ने भएका छन् । यहीं रणवीरका आमाबुवा नीतु कपुर र ऋषि कपुरको पनि विवाह भएको थियो । हालै रणवीर कपुरका काका रणधीर कपुरले भने विवाहको बारेमा अनभिज्ञता प्रकट गरेका थिए । उनले बुवा राज कपुरको घरमा कुनै सेलिब्रेसन हुन लागेको भए आफूलाई जानकारी हुने भन्दै आफूलाई विवाहको बारेमा जानकारी नभएको बताएका थिए ।