सुनको मुल्य आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको मुल्य आज फेरि ६ सय रुपैयाँले घटेको छ । आज सुनको मुल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, मुल्य चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।











