मकवानपुर – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले भएको बताउनुभएको छ । आईतबार हेटौंडा–१६ मा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अन्य राजनीतिक दलबाट देश विकासको काम गर्न र सुशासन स्थापना सोच्नै नसकिने बताउनुभयो ।

No description available.

एमाले १६ नम्बर वडा कमिटीद्धारा आयोजित प्रशिक्षण तथा राष्ट्रिय युवा संघ वडा कमिटीको सपथ ग्रहण कार्यक्रममा उहाँले एमाले सरकारका पालामा भएका कामकै कारण फेरी पनि जनताले एमालेलाई रोज्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो, आज पनि छ र भोली पनि प्रतिबद्ध रहन्छ ।’ एमालेको कामका कारण डराएर आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले राम्रो काम गरिरहेको सरकार ढाल्ने काम गरेर देशको विकास निर्माण ठप्प पारेको बताउनुभयो । उहाँले आउँदो चुनावमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने भन्दै एमालेलाई पहिलो पार्टी बनाउने गरि लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले चुनावमा भोट माग्न आउने कांग्रेसलगायत पार्टीलाई के काम गर्नुभयो भनेर प्रश्न गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा एमाले मकवानपुरका सचिव नविन सिग्देलले एमालेको लोकप्रियताको कारण गठबन्धन डराएको आरोप लगाउनुभयो । उहाँले एमाले एक्लै चुनावमा जाने र हिम्मत भए एक्लै एक्लै चुनाव लड्न चुनौति समेत दिनुभयो । यस्तै जिल्ला कमिटी उपसचिव सिता बिष्टले एमाले पार्टी सधैं देश र जनताको पक्षमा रहेको भन्दै एमालेलाई फेरी पनि जनताको साथ प्राप्त हुने बताउनुभयो । यस्तै जिल्ला सचिवालय सदस्य एवम् पार्टी नगर ईन्चार्ज सुनिल मोक्तानले युवाहरुलाई शसक्त भएर लाग्न सुझाव दिनुभयो । बृद्धबृद्धा देखि युवा महिला सबैको सधैंको आशा र भरोषाको पार्टी एमाले भएको बताउनुभयो । कार्यक्रममा नव निर्वाचित राष्ट्रिय युवा संघ १६ नम्बर वडा कमिटीलाई मुक्तानले सपथ ग्रहण गराउनुभएको थियो ।
एमाले १६ नम्बर वडा कमिटी अध्यक्ष सागरनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले हेटौंडा नगर अध्यक्ष सालिकराम पुडासैनी, जिल्ला परिषद सदस्य बासुदेव दंगाल, नगर कमिटी सदस्य एवम् १६ नम्बर ईन्चार्ज राजकुमार बास्तोला, सहईन्चार्ज साबित्री पौडेल, नगर सदस्य एवम् प्रचार विभाग प्रमुख बिवश अधिकारीलगायतको आतिथ्यता थियो ।

No description available.