हेटौंडा – नेकपा एमालेका सचिब योगेश भटराईले माओबादीका अध्यक्ष प्रचण्डले एमालेलाई देखाएर आउँदो स्थानीय तहको चुनाबका लागि काग्रेशसंग बार्गेनिङ गरेको आरोप लगाउनु भएको छ । प्रेसचौतारी मकवानपुरले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यदी एमालेसंग हिड्ने हो भने एमालेमै आउन पनि आग्रह गर्नुभयो । काग्रेश र एमाले दुइवटा ठुला सक्ति भएकाले उनीहरुका बिचमा कुनैपनि हालमा तालमेल सम्भब नभएको बताउनुभयो ।
भट्टराईले बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा एमालेले कुनै पनि दल संग तालमेल नगर्ने बताउनु भएको छ । चैत ९ र १० गते बसेको केन्द्रीय कमिटीको बैठकले आउने स्थानीय निर्वाचनमा कुनै पनि दल संग तालमेल नगर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘नेकपा एमालले केन्द्र्रीय तबरबाट घोषित रुपमा कुनैपनि राजनीतिक शक्ति संग चुनावी तालमेलको घोषणा गर्दैन् । नेकपा एमाले आफ्नो सामथ्र्यमा,आफ्नो बलबुतामा आफ्नो क्षमतामा यो चुनावको सामना गर्छ । चुनावी प्रतिस्पर्दामा जान्छ।’
स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने र जिल्ला कमिटीले टिकट दिने बताउनुभयो । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले टिकट दिने निर्णय भएको बताउनुभयो । महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टिकटका लागि जिल्ला र प्रदेश कमिटीले सिफारिस गर्ने र दुवै कमिटीले गरेको सिफारिसका आधारमा एमाले केन्द्रीय कमिटीले टिकट दिने निर्णय केन्द्रीय कमिटीले गरेको बताउनुभयो ।
स्थानीय निर्वाचनमा २० हजार भन्दा बढी उम्मेद्वार एमालेबाट विजयी हुने बताउनुभो । एमाले सरकारबाट बाहिरिएपछिको आठ महिनामा नेपाली कांग्रेस–नेकपा माओवपादी र एकिकृत समाजवादी नेतृत्वको गठबन्धन सरकारले देशको अर्थतन्त्र नकरात्मक ढङ्गले अघि बढेको टिप्पणी गर्नुभयो । प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमिटीका सदस्य भोजराज ढकाल, एमाले मकवानपुरका प्रचार विभागका प्रमुख धुर्व प्रसाद चौलागाई, प्रेस चौतारी बागमती प्रदेशका महासचिब प्रकाश दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।