काठमाडौँ – तीनदिने औपचारिक भ्रमणका लागि चीनका विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा= नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लाग्नुभएको हो । उहाँ भारत हुँदै दिउँसो नेपाल अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले उहाँको स्वागतको भव्य तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुशार विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गर्नुहुनेछ । गृहमन्त्रालयले वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको छ । नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा= खड्कासँग उहाँले द्विपक्षीय भेट गर्नुहुनेछ । भेटमा दुई देशबीचको सम्बन्ध र विभिन्न परियोजनाबारे छलफल हुने छ ।
चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा -एमाले_ का अध्यक्ष केपी शर्मा ओली र नेकपा -माओवादी केन्द्र_ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चीनका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।