राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका परराष्ट्रमन्त्री His Highness Prince Faisal Bin Farhan Al Saud बीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ । भेटघाटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।











