हेटौँडा – मजदुर किसान सहकारी संस्था लिमिटेड हेटौँडा—४ को प्रारम्भिक साधारण सभाको उद्घाटन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकेश भुजेलको सभाध्यक्षता तथा बागमती प्रदेशका पुर्वराज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आथित्यता,हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो ।

No description available.

प्रारम्भिक साधारण सभाले मुकेश भुजेलको अध्यक्षतामा ११ नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष रमेश बहादुर कोईराला, सचिव मुकेश बहादुर थापा, कोषाध्यक्ष सिता गिरी चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सन्तोष मान्धर, बिरेन्द्र लामा, राजु श्रेष्ठ, केशव खड्गी, सुरेश त्रिपाटी, अन्जना पाख्रिन र गिता कुमार मर्हजन चयन हुनुभएको संस्थाले जनाएको छ । यस्तै रमेश थापाको संयोजकत्वमा मुर्हतजंग पाठक र रामप्रसाद प्रसाई सदस्य रहने गरि ३ सदस्यीय लेखा समिति चयन गरेको गरेको छ । भने ऋण राजु थापाको संयोजकत्वमा सावित्रि पाठक र गिता सापकोटा रहने गरि ३ सदस्यीय ऋण समिति चयन गरेको हो ।

May be an image of 9 people, people standing, people sitting and outdoors

नवनिर्वाचिन अध्यक्ष मुकेश भुजेलले सहकारीले निम्न स्तर भएका मजदुर तथा किसान महिला तथा युवालाई साना घरेलु उद्योग तथा कृषि पशुपंक्षी सम्बन्धी ज्ञान, सिप दिने तथा स्थानिय रुपमा आय आर्यजन गरि आर्थिक उर्पाजन गर्न सहयोग पु¥याउने उद्देश्यले सहकारी स्थापना गरेको बताउनुभयो । उहाँले अर्गानिक वस्तु उत्पादन तथा पालन गरी विषादी खानाबाट मुक्त गरि स्वच्छ जिवन बनाउँने लक्ष्य समेत संस्थाको रहेको बताउनु भयो । मजदुर किसान सहकारी संस्थाको नयाँ नेतृत्व कार्यअवधि ४ बर्षे हुने छ ।

May be an image of 5 people and people standing